कोरोना भाइरसले धरानमा २८ वर्षीया युवतीको ज्यान लियो


टुडेखोज, धरान : एक कोरोना संक्रमित युवतीको ज्यान गएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा नगरपालिका १ की २८ वर्षीया युवतीको ज्यान गएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले दिएको जानकारी अनुसार ति युवतीको शनिबार बिहान साढे ४ बजे उपचारकै क्रममा ज्या गएको छ ।

असोज ८ गते प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै प्रतिष्ठानमा ज्यान गुमाउने कोरोना संक्रिमतको संख्या ३९ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ