सर्लाहीमा मोटरसाइकल दुर्घटना, महोत्तरीका युवकको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

लालबन्दी नगरपालिका १७ रानिगंजमा शुक्रबार साँझ प्रदेश नम्बर १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाईते महोत्तरीको बर्दिवास नगरपालिका १ किसनपुरका १७ वर्षीय सरोज साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते साहलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा शुक्रबार राति नै मृत्यु भएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १३:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ