धनुषा : अप्राकृतिक मैथुन गरी ५ वर्षीय राजु सदाको विभत्स हत्या


टुडेखोज, जनकपुरधाम : धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकको हत्या अप्राकृतिक मैथुन गरी गरेको खुलासा भएको छ ।

शुक्रवार किसानपुरका रामेश्वर सदाको ५ वर्षीय छोरा रुपेश सदाको कृषि इटा उधोग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय राम बहादुर सदालाई तत्कालै पक्राउ गरे ।

उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको छ । पक्राउ परेका सदाले ति बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘अप्राकृतिक मैथुन गर्दा बेहोस् भयो । त्यसपछि घाँटीमा डोरा कसेर मारे ।’

ति बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहिवार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इटा उधोगमा लगेको र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ