प्रधानमन्त्री ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि


टुडेखोज, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना पुष्टि भएको हो । यस्तै ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी समेत संक्रमित भएका छन् ।

उनीहरु चारै जनाले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि भएपनि प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रधानमन्त्री ओलीको बिहीबार कोरोना परीक्षण गरिएको थियो । रिमाल, भट्टराई, थापा र भण्डारीको परीक्षण शुक्रबार गरिएको थियो । स्वाव संकलन भएपछि प्रधानमन्त्रीसँग कुनै पनि सल्लाहकार र प्रमुख स्वकीय सचिवको भेटघाट नभएको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ