कांग्रेस नेता गगन थापालाई पनि समात्यो कोरोना भाइरस


काठमाडौं : नेपाली कांग्रेसका नेता गगन कुमार थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनमा शनिबार कोरोना पुष्टि भएको हो ।

असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि उनले पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको छ । उनमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ ।

यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भइसकेको छ ।

यस्तै केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार २२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ