चाडपर्वसँगै बिहारमा चुनाव नजिकिएपछि सुरक्षाको नयाँ रणनीति बनाउँदै प्रदेश २ सरकार


जनकपुरधाम : चाडपर्वसँगै भारतको बिहारमा निर्वाचनको समय नजिकदै जाँदा सुरक्षालाई चुस्तदुरुस्त पार्ने उद्देश्यले प्रदेश २ सरकार नयाँ रणनीति बनाउन लागेको छ ।

प्रदेशको सुरक्षा सुस्तदुरुस्त राख्न दुई दिवसीय सुरक्षा गोष्ठी गरिएको छ । प्रदेश २ मा सुरक्षा चुनौती रहेको छ । यसलाई कसरी चुस्तदुरुस्त बनाउने र त्यसका लागि नयाँ रणनीति कस्तो हुनुपर्नेमा गोष्ठीमा छलफल भएको बताइएको छ ।

‘कोभिड १९ का कारण धेरै समस्याहरु उत्पन्न हुन सक्छ । समस्या उत्पन्न भएपछि अपराधिक घटना बढ्ने सम्भावना पनि छ । यस्तो अवस्थामा प्रदेशको सुरक्षा कसरी चुस्तदुरुस्त र कडाईका साथ प्रस्तुत हुने लगायतको विषयमा छलफल भएको छ,’ आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले भने ।

अपराधीसँग कुनै पनि सम्झौता गर्न नसकिने उनको भनाई छ । कुनै किसिमको अभाव, प्रभाव र दवावमा सुरक्षाकर्मीलाई कार्य नगर्न पनि प्रदेश सरकारले निर्देशन दिएको छ । नेपाल भारतको सीमा खुल्ला भएको कारणले अपराधिक गविधिमा विशेष ध्यान दिन आवश्यक रहेको राज्यमन्त्री कुशवाहा बताउँछन् ।

‘राम्रो कार्य गर्ने सुरक्षाकर्मीलाई प्रदेश सरकार पुरस्कृत गर्छन, उनले भने, ‘तर नराम्रोलाई कारवाहीका लागि संघमा सिफारिस पनि गर्ने विषयमा छलफल भएको छ ।’ गोष्ठीमा प्रमुख चारवटा एजेण्डा भएपनि विशेष गरी सुरक्षामा बढी जोड दिएको उनले जनाए ।

सुरक्षाकर्मीका लागि प्रदेश सरकारबाट चाहिने साधन स्रोत साधन प्रदेश सरकार विगतमा पनि उपलब्धा गराइएको छ र आउने दिनमा पनि गराउने राज्यमन्त्री कुशवाहाले बताए । प्रदेशलाई शान्ति सुरक्षा दिन सुरक्षाकर्मीको कार्य भएको मुख्यमन्त्रीको कुरालाई उधृत गर्दै राज्यमन्त्री कुशवाहाले बताए ।

प्रदेश २ मा प्राकृतिक विपद् व्यवस्थापन, हत्या, हिंसा, बलात्कार लगायतको जोखिममा छ । कोभिड १९ का कारण आर्थिक प्रभाव समेत परेको छ । आउने दिनमा अपराधिक घटना घट्न सक्ने सम्भावना रहेकोले प्रदेश भित्रमा सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने बताइएको छ ।

पहिलो दिन महोत्तरीको बर्दिवासमा सुरक्षा गोष्ठी भएको हो भन्ने दोस्रो दिन चन्द्रनिगाहपुरमा भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको सो गोष्ठीमा मुख्यमन्त्री लालबाबु राउत, कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश २ का डिजाई, सशस्त्र प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, सेना प्रमुख, नेपाल प्रहरी प्रमुख सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ