सर्वोच्चका न्यायाधीशमा कोरोना पुष्टि भएपछि इजलास बन्द


काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि इजलास बन्द भएको छ ।

अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा समेत कोरोना देखिएको छ । उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएका छन् । यस्तै दुई जना न्यायाधीशमा कोरोनाको लक्षण देखिएको छ । अन्य कर्मचारी र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी गराएको छैन् । कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ