लहानमा मेयरको विरुद्ध र महेश चौधरीको पक्षमा प्रदर्शन, यस्तो छ कारण


जयनाथ यादब, लहान : लहान बजारमा दलित तथा विपन्नहरुले समाजसेवी महेश चौधरीको पक्षमा र मेयर मुनि साहको विरोधमा प्रदर्शन गरेका छन् ।

राहत वितरण गरेकै निहुँमा लहान नगरपालिकाले समाजसेवी चौधरी र संगिता कर्माचार्यलाई कारबाही गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सोही निर्णयको विरोधमा आज प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागिहरुले कारबाही गर्ने निर्णय फिर्ता लेऊ, महेश चौधरीलाई कारबाही गर्न पाइदैन, मेयर मुर्दावाद जस्ता नारा लगाएका छन् । प्रदर्शनमा सयौं दलित महिला तथा युवाहरु सहभागी थिए ।

समाजसेवी चौधरी र संगीता कर्माचार्यले लकडाउनका कारण समस्यामा परेका हजारौं दलित तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् । तर उनको सकारात्मक कामलाई मेयर साहले आफ्नो इज्जत प्रतिष्ठासँग खेलवाड गरेको ठानेर कारबाही गर्ने निर्णय कार्यपालिका बैठकबाट गर्न लगाए ।

स्रोतका अनुसार भदौं ८ गते नै सो निर्णय कार्यपालिकाबाट भएको छ । तर निर्णयबारे वडाध्यक्षहरु नै अनभिज्ञ छन् । राहत वितरण गर्नेलाई नै कारबाही गर्ने निर्णय अनाश्यक भएको वडाध्यक्षहरु बताउँछन् ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ