काठमाडौंबाट सोमवारदेखि श्रम स्वीकृति सुचारु हुने


काठमाडौं : कर्मचारी नै कोरोना संक्रमित भएपछि काठमाडौंमा बन्द भएको श्रम स्वीकृति अब सुचारु हुने भएको छ । बैदेशिक रोजगार कार्यालय, काठमाडौंले सोमबारदेखि सेवा सुचारु गर्ने जनाएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएका कारण असोज १४ गतेदेखि श्रम स्वीकृति दिने कार्य बन्द भएको थियो । महानिर्देशक कुमार प्रसाद दाहालले सावधानी अपनाएर सिमित सेवाहरु सन्चालन गरिने जानकारी दिए ।

सेवाग्राहीलाई सामाजिक दुरी कायम गरेर सेवा लिन महानिर्देशक दाहालले आग्रह गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ