पछिल्लो २४ घण्टामा आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा आइतबार २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामै १३ सय २९ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने २२ हजार २१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ