प्रदेश २ मा घट्न थाल्यो कोरोना संक्रमित, आईतवार कति थपिए ?


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसको संक्रमित घट्न थालेको छ । आईतवार मात्र ३२ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीमा १० जना, रौतहटमा २ जना, पर्सामा २ जना, बारामा ४ जना, सिरहामा ६ जना, महोत्तरीमा १ जना र धनुषामा ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित एकजनाको पहिचान खुल्न सकेका छैन ।

यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ५ जना महिला रहेकी छन् । हालसम्म ११ हजार ९२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाले कसैको ज्यान नभएको मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबले जानकारी दिए । उनका अनुसार हालसम्म यस प्रदेशमा १३८ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ