सिरहा : बलात्कारको घटना ५ लाखमा मिलाउने ८ पञ्च पक्राउ, केहि फरार


टुडेखोज, लहान : बलात्कारको घटना मिलापत्र गराउने ८ जना पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । अन्य केहि पञ्च भने फरार छन् ।

बिष्णुपुर गाउँपालिका १ की एक किशोरी असोज १२ गते बलात्कृत भएकी थिइन् । सो घटनामा संलग्न व्यक्तिलाई बचाउन स्थानीय पञ्चहरुले ५ लाखमा मिलाएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुको नाम जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका छैन । स्रोतका अनुसार पञ्चायत गर्नेहरु स्थानीय सिंहेश्वर साह, अरविन्द कुमार साह, शत्रुधनसाह, राज कुमार साह, राम उदगार यादव, जगविर यादव, राज कुमार यादव र श्याम सुन्दर यादव पक्राउ परेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम पौडेलले पञ्चायत गरी घटना मिलापत्र गराउने केहि व्यक्ति अझै फरार रहेकाले विस्कृति विवरण दिन नसक्ने बताए । उनले केहि व्यक्ति पक्राउ परेको र फरारहरुको खोजी भइरहेको बताए ।

घटनामा संलग्न सबै पक्राउ परेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ