जनकपुरमा दुई तल्ले घरको छतबाट लडेर एक पुरुषको मृत्यु


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १ स्थित स्टेशन प्रहरी कार्यालय नजिकै रहेको आफ्नै घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

आज दिउँसो डेढ बजे दुई तल्ले घरको छतबाट लडेपछि ५५ वर्षीय श्रीपाल चन्द्र जैन गम्भिर घाईते भएका थिए । तत्कालै उनकलाई उपचारका लागि धनुषा अस्पताल लगिएका थियो ।

तर उपचारकै क्रममा अस्पतालमै दिउँसो करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ