आईपीएल : मुम्बईको तेस्रो जित, हैदरावादलाई ३४ रनले हराए


आईपीएल अन्तर्गत आजको पहिलो खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ ।

शारजाहमा भएको खेलमा मुम्बईले २०९ रन बनाएको थियो । तर हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन मात्रै बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रन । यस्तै मनिस पाण्डेले ३० रन, जोनी बेयरस्टोले २५ रन र अब्दुल सामदले २० रन जोडे ।

मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले २÷२ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ६७ रन जोड्न सफल भए ।

यस्तै इसान किसानले ३१ रन, हार्दिक पाण्ड्याले २८ रन, सूर्यकुमार यादवले २७ रन तथा काइरन पोलार्डले २५ रन बनाए । त्यस्तै, क्रुनाल पाण्ड्याले २० रन जोडे भने कप्तान रोहित शर्मा ६ रनमा आउट भएका थिए ।

हैदरावादका लागि सन्दीप शर्मा र सिद्धार्थ कउलले २/२ तथा रासिद खानले १ विकेट लिए । जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ