आइपिएल : चेन्नईको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १० विकेटले हराए


चेन्नई सुपर किङ्सले आइपिएल उत्कृष्ट पुनरागमन गरेको छ । यूएईमा जारी १३ औं संस्करणको आइपिएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

चेन्नईले १० विकेटले जित हात पारेको हो । आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । ​चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे ।

पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।

यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए। सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे । चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ