जनकपुरमा ‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’ नारा गुञ्जियो


टुडेखोज, जनकपुरधाम : बलात्कारमा संलग्न अपराधीहरुलाई कारबाहीको माग राख्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

महिला अधिकारकर्मी र युवाहरुले बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जनकपुरको जनकचोकबाट र्याली निकालेका थिए । र्यालीमा सहभागीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी पुगी बलात्कार घटनाविरुद्ध प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी देऊ, पोल पोलमा सरकार टोल टोलमा बलात्कार, बलात्कारीलाई संरक्षण गर्न पाइदैन जस्ता नारा लगाएका छन् । सरकारको उदासिनता र राजनीतिक दबाबमा अपराधीलाई छुटाउने प्रबृतिले बलात्कारको घटना बढेको प्रदर्शनमा सहभागीहरुको भनाई थियो ।

पछिल्लो समय बलात्कार बढेको भएपनि अपराधीहरु उन्मुक्ति पाउने गरेकाले सो विरुद्ध प्रदर्शन गरेको महिला अधिकारर्मी गुञ्जा रायले बताइन् । उनले धनुषाधाम ४ मा तीन वर्षसम्म यौन शोषण गर्नेहरुलाई पनि प्रहरीले संरक्षण गर्न लागेको आरोप लगाइन् ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ