सोमवार थपिए २४ सय ४० कोरोना संक्रमित (हेर्नुस् पुरा विवरण)


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर २४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । संस्थागत आइसोलेसनमा ११ हजार १९१ छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ संक्रमित छन् ।

पछिल्लो २४ घण्टामै ११ सय ३३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । संक्रमणमुक्त हुने दर ७३ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ