आफ्नै भतिजीलाई बलात्कार गरेका व्यक्ति सर्लाहीबाट पक्राउ


टुडेखोज, जनकपुरधाम : आफ्नै भतिजीलाई बलात्कार गरेको आरोप लागेका कास्कीका एक व्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् ।

सर्लाही प्रहरीको समन्वयमा २१ वर्षीय ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बलात्कृत १४ वर्षीया बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी थिइन् ।

बालिका आमा बनेको करिब एक महिनापछि प्रहरीले ती आरोपीलाई पक्राउ गरेको छ । आरोपी आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिलाई अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ