सिरहामा आठ जुवाडेलाई प्रहरीले समात्यो, लाखौं रुपैया बरामद


टुडेखोज, लहान : चाडपर्व नजिकिएसँगै कानुन विपरित जुवातास खेल्ने क्रम बढेको छ । मिर्चैया प्रहरीले ८ जुवाडेलाई लाखौं रुपैयासहित पक्राउ गरेको छ ।

मिर्चैया नगरपालिका ६ कटारी चोकमा रहेको होटल होलिडेबाट ८ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम र ठेगाना सार्वजनिक गरेका छैन । यद्दपी उनीहरुबाट नगद एक लाख ५ हजार बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका जुवाडेहरुमाथि कानुन बमोजिम कारबाही अगाडी बढाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।

स्रोतका अनुसार होटल होलिडेमा यौनधन्दा समेत गर्ने गराउने गरिएको छ । तर यसबारे प्रशासन अनभिज्ञ छ ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ