पुर्वमन्त्री जेपी गुप्ताका पिताको निधन, आज दाहसंस्कार गरिदैँ


टुडेखोज, जनकपुरधाम : पुर्वमन्त्री जय प्रकाश (जेपी) गुप्तालाई पितृ शोक परेको छ । उनका पिता श्याम सुन्दर रौनियारको सोमवार ९० वर्षको उमेरमा निधन भएको हो ।

मधुमेह लगायतका पुरानो बिमारीबाट थलिएका उनको विराटनगर न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । आज उनको दाहसंस्कार गरिनेछ ।

आज विहान १० बजे आफ्नै गाउँ सप्तरीको कंचनपुर नजिकको कोशी नदी घाटमा सनातन परम्परानुसार दाह संस्कार गरिने पुर्वमन्त्री गुप्ताले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

पूर्वमन्त्री गुप्ताले फेसबुकमा लेखेका छन् –

परमेश्वरको आदेश नै यही भयो, आज आश्विन १९ गते ९० वर्षीय हाम्रा पिता श्याम सुन्दर रौनियारको देहावसान भयो । उहाँ मधुमेह लगायतका पुरानो बिमारीबाट थलिएर बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत् हुनु हुन्थ्यो । भोली बिहान हाम्रो पैतृक गाँउ सप्तरीको कंचनपुर नजिकको कोशी नदी घाटमा सनातन परम्परानुसार दाह संस्कार गरिने छ । वर्तमान बिषम परिस्थितिमा हामी ठूलो संख्यामा ईष्टमित्र, बन्धु–बान्धव, परिजनको उपस्थितिको उपेक्षा राखेका छैनौं ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ