सप्तरी : गापा प्रमुख, चालक र कृषि शाखा प्रमुखमा कोरोना पुष्टि, कार्यालय बन्द


टुडेखोज, राजविराज : सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोरोना पुष्टि भएपछि कार्यालयको कामकाज बन्द गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना पुष्टि भएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

गाउँपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ । कार्यालयको कामकाज बन्द गरिएपछि सेवाग्राही रित्तोहात फर्किने गरेका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र ८ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजकमा आइतबार कोरोना पुष्टि भएको जनाए ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ