२४ घण्टामा मंगलवार थपिए १५ सय ५१ कोरोना संक्रमित, ९ को मृत्यु (हेर्नुस् पुरा विवरण)


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित पुगेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ