अजय देवगनका भाइको निधन


टुडेखोज : भारतीय अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ ।

अजयले आफ्ना भाइ अनिल देवगनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । भाइको असामयिक निधनले आफ्नो परिवार दुःखमा रहेको अजयले बताएका छन् ।

उनलाई सदैव स्मरण गरिरहने भन्दै अजयले अनिलको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न सबैसँग अपिल समेत गरेका छन् ।

अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटे’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए ।

अजय अभिनित ‘जान’, ‘इतिहासु र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ