प्रदेश ५ : राजधानी सारेपछि रुपन्देहीका हजारौं नेकपा कार्यकर्ताद्वारा पार्टी परित्याग


टुडेखोज, बुटवल : प्रदेश ५ को राजधानी दाङ सारेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हजारौं कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

मंगलबार ३५ संस्थामा आवद्ध २२ सय ४९ जना नेकपाका सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध व्यक्तिहरुले नेकपा परित्याग गरेका छन् ।

बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिबद्धता बिर्सेको आरोप लगाए । जनभावनाको कदर नगरी नेताहरुले राजधानी सारेकाले आगामी निर्वाचनमा नेकपाले लज्जास्पद पराजय व्यहोर्नपर्ने उनीहरुले चेतावनी दिए ।

निरंकुशता स्वीकारेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ