आइपिएल : मुम्बई शीर्षस्थानमा, राजस्थानलाई ५७ रनले हरायो


साविक विजेता मुम्बई जारी आईपीएल क्रिकेटको शीर्षस्थानमा पुगेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजीत गरेको हो ।

पहिला ब्याटिङ रोजेका मुम्बईले १९४ रनको लक्ष्य दिए । मुम्बईका सुर्यकुमार यादबले सर्बाधिक ७९ रन, रोहित शर्माले ३५ रन, हार्दिक पाण्ड्याले ३० रन र क्विन्टन डे कोकले २३ रन बनाए ।

राजस्थानले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १३६ रन बनाउन पाए । राजस्थानका जोस बटलरले सर्बाधिक ७० रन जोडे । स्टिभन स्मिथ ६ रन बनाए । सन्जु सामसन र यसश्वी जैसवाल शुन्यमा आउट भए ।

मुम्बईका जसप्रित बुमराहले चार तथा ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले २/२ विकेट लिए । बुमराहले चार ओभरमा २० र प्याटिन्सनले ३ दशमलव १ ओभरमा १९ रन दिए । पाँचौँ विकेटका रुपमा बटलरलाई प्याटिन्सनले आउट गर्दा राजस्थानले ९८ रन जोडेको थियो ।

६ खेलबाट ८ अंक जोडेको मुम्बई तालिकाको शीर्षस्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सको पनि ५ खेलबाट ८ अंक प्राप्त गरेको छ । सुरुका दुई खेल जितेको राजस्थानले लगातार तेस्रो हार ब्यहोरे ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार ०७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ