गोलबाजरमा सुरु हुँदै वडा स्तरीय फुटबल प्रतियोगिता


टुडेखोज, लहान : सिरहाको गोलबजारमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते विहिवारबाट प्रतियोगिता सुरु हुनेछ ।

नगरक्षेत्रमा रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फूटन गराउने उदेश्यले १३ वटै वडाका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउन लागेको आयोजक क्लवका अध्यक्ष श्रवण कुमार यादवले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार र दोस्रो हुनेलाई १० हजार नगद र ट्रफि पुरस्कार दिने बताए ।

गोलबजार नगरपालीकामा हुने र गोलबजारको नामले बाहिर हुने खेलहरुमा पनि बोरो ल्याएर खेलाउने परम्पारको अन्त्यको लागि यो खेल सहायक हुने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा पहिलो दिन उद्घाटन खेल गोलबजार नपा ३ र वडा १० बीच हुनेछ । दोस्रो दिन २३ गते वडा ६ र १३, २४ गते वडा २ र ११, २५ गते वडा ९ र ५ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २६ गते वडा १ र ४, २७ गते वडा ८ र १२, २८ गते वडा १ र ४ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रर्तिस्पर्धामा विजयी टिम र वडा ७, २९ गते वडा ८ र १२ बीचको प्रतिस्पर्धामा विजयी टिमसँग आयोजक भिड्ने बताइएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गते हुनेछ । खेल कदिमाटोलदेखि पूर्वको मैनावत्ती खोलको खेलमैदान हुने आयोजकले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार ०७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ