सानै उमेरमा कपाल सेतो हुने समस्याले सतायो ? यसो गर्नुस्


एजेन्सी : बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ ।

चिकित्सकका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ । कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।

कपाल कालो बनाउनुछ भने सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुस् । बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुस् ।

कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुस् । कपाल छिट्टै कालो हुन थाल्छ । जैतूनको तेल हल्का तताउनुस् अनि त्यसमा कपूर हालेर कपालको मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू दल्नुस् ।

आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुस् । कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुस् । हप्तामा दुईचोट यसो गर्नुस् ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ