पुर्व प्रधानमन्त्री डा. भट्टराईले शहीदसँग किन क्षमा मागे ?


काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शहीदसँग क्षमा मागेका छन् । प्रदेश ५ को नामकारण जातीय आधारमा नभएको भन्दै डा. भट्टराईले ट्वीट मार्फत शहीदसँग माफी मागेका हुन् ।

उनले प्रदेश ५ को नाम लुम्बिनी राखेकोमा असन्तुष्टि जनाउँदै भनेका छन्, ‘हिजो मगरात तमुवान ताम्सालिङ नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपिको पंक्ति याद आयो- मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ । सरी लली रोका, सुरेश वाग्ले !’

सात प्रदेशमध्ये हालसम्म पाँच प्रदेशको नामकरण भइसकेको छ । तीमध्ये सुदूरपश्चिम प्रदेश भौगोलिक आधारमा नाम राखिएको छ भने लुम्बिनी धार्मिक तथा गण्डकी, बागमती र कर्णाली नदीको नामबाट राखिएको छ ।

प्रदेश १ र प्रदेश २ को नामाकरण अझै हुन सकेका छैन् ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ