गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीमा पनि कोरोना पुष्टि


टुडेखोज, काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना परीक्षण गराउँदा बुधबार रिपोर्ट पोजेटिभ आएको सुवेदीले जानकारी दिए । उनले उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

पछिल्लो समय काठमाडौंका भिआइपीहरुमा कोरोना पुष्टि हुन थालेको छ । यसअघि प्रधानमन्त्रीका तीन सल्लाहकार र एक प्रमुख स्वकीय सचिवमा समेत कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ