प्रदेश २ : आठ किलो अफिमसहित खोवारी पक्राउ


टुडेखोज, वीरगञ्ज : पर्सामा एक युवक लागुऔषध अफिमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका १ तीनडुवियाका २९ वर्षीय खोवारी प्रसाद छन् ।

उनलाई ८ किलो अफिमजस्तो देखिने पदार्थसहित मङ्गलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

बरामद अफिम जस्तै देखिने पदार्थ र पक्राउ परेका खोवारीमाथि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ