मारेको चित्तल लिएर भाग्न खोजेका २ जनालाई प्रहरीले समात्यो


टुडेखोज, बाँके : जंगली जनावर चित्तल मारेको अभियोगमा डुडुवा गाउँपालिका ४ राप्ती पुलबाट २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका ६ का २३ वर्षीय सामेल रोका र नेपालगंज उपमहानगरपालिका ७ का ३० वर्षीय अञ्जन हमाल छन् । उनी दुबै जनाले मारेको करिब २६ किलो तौलको पोथी जातको चित्तल सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले राप्तीसोनारी गाउँपालिका ६ कुण्डा चोकमा फत्तेपुरबाट नेपालगंजतर्फ आउँदै गरेको भे ८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी नेपालगंजतर्फ फरार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीको टोलीले पुलमा मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा घाँटी काटेर बोरामा राखेको अवस्थामा चित्तल फेला परेपछि उनी दुबै जनालाई समेत पक्राउ गरेको छ ।

आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा दुबै जनालाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ