आईपीएल : साविक विजेता चेन्नई कोलकत्तासँग १० रनले पराजित


एजेन्सी : चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ता नाइट राइडर्सले‌ आईपीएल क्रिकेटमा तेस्रो जित दर्ता गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १६७ रनको लक्ष्य भेट्न नसक्दा चेन्नई पराजित भए । चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १५७ रन बनाउन सक्यो ।

कोलकत्ताका लागि राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । सुनिल नारिन र पाट कुमिन्सले १७/१७ रन जोडे । कप्तान दिनेश कार्तिकले १२ रन जोड्दा सुबमान गिलले ११ रन बनाए ।

चेन्नईका लागि सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले तर जित दिलाउन सकेनन् । अम्बाती रायडु ३०, रविन्द्र जडेजा २१, फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट हुँदा केदार जाधबले अविजित ७ रन जोडे ।

जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । साविक विजेता चेन्नइले भने ६ खेलमा चार अंक मात्र जोडेको छ । 

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार ०६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ