भोकालाई राहत बाँड्दा दाता चौधरीमाथि लहानका मेयरले मुद्दा चलाउने !


लहान : काठमाडौंमा एक महिलामा कोरोना पुष्टि भएपछि गत चैत ११ बाट सरकारले लकडाउन घोषणा गर्यो । समय वित्दै गयो । कोरोनाको संक्रमण झन झन बढ्दै गयो । लकडाउन लम्बिदै जाँदा दैनिक मजदुरी गरी परिवार पाल्ने दलित विपन्नहरु संकट परे ।

मजदुरी गर्न नपाएकाहरु लकडाउनका कारण भोकभोकै भएको भन्दै राहत दिनुपर्ने आवाज उठ्न थाल्यो । सरकारले राहत दिन ढिलाइ गर्यो । देशभर विभिन्न संघसंस्था र दाताहरुले राहत अभियान चलाए । लहानका गरिब विपन्नलाई पनि राहत दिने योजना बनाए एक दम्पती । उनी हुन् महेश चौधरी र संगिता कर्माचार्य ।

चैत १९ गतेदेखि उनीहरु राहत वितरण अभियान चलाए । पहिलो पटक लहान नगरपालिका २४ खप्टे डाडामा राहत बाँडे । राहत वितरण अभियानलाई निरन्ता दिए । उनीहरु हालसम्म करिब ३ हजार.दलित तथा विपन्नलाई राहत बाँडे । घरमा समस्यामा परेकाहरु उनलाई फोन गर्न थाले राहतका लागि । त्यसपछि समस्यामा परेकाहरुलाई चौधरी दम्पति खोजी खोजी राहत दिन थाले ।

चौधरीको लहानस्थित एपोलो ॐ बोर्डिङ स्कुल सञ्चालनमा छ । उनको यो स्कुलमा कक्षा १२ सम्म पठन पाठन हुन्छ । उनको एक छोरी अमेरिकामा छिन् । त्यसैले उनलाई राहत बाँड्न समस्या भएन । केहि अन्य दाताहरुबाट पनि उनले सहयोग मागे । धेरै दाताले उनको माध्यमबाट दलित विपन्नहरु समक्ष राहत बाँडे ।

जहाँ राहत वितरण बाँड्थ्यो, त्यहाँका जनप्रतिनिधिलाई पनि उनले खोज्थे । धेरै ठाउँमा जनप्रतिनिधि पनि सहभागी भए पनि । केहि ठाउँमा समयको अभाव देखाउँदै जनप्रतिनिध पुगेन् । उनी राहत बाँड्दा लहान नगरपालिकाले कहिल्यै केहि भनेनन् । जब उनी एकाएक चर्चामा आए । उनको लोकप्रियता एकाएक बढ्यो ।

जब उनको लोकप्रियता बढ्न थाल्यो, अनी उनीमाथि षड्यन्त्र गर्न थाले लहानका मेयर मुनी साह । भदौं ८ मा कार्यपालिका बैठकबाट उनीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय गर्यो । राहत बाँडेर आफ्नो इज्जत बर्बाद गरेको भनेर चौधरीमाथि मुद्दा दायर गर्ने निर्णय गरे । एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय विरुद्ध राहत बाँडेको चौधरीमाथि आरोप लगाइयो ।

हुन त चौधरीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय अझै सार्वजनिक गरिएको छैन । तर यसबारे जनप्रतिनिधरुले नै बोल्न थालेपछि चौधरीले थाहा पाए । उनीले पाँच दिन अगाडी पत्रकार सम्मेलन गरी दलित विपन्नलाई राहत बाँड्दा आफुमाथि लहानका मेयर साहले मुद्दा दायर गर्न लागेको भन्दै दुःख व्यक्त गरे ।

चौधरी भन्छन्, ‘लकडाउनमा भोकभोकै भएका दलित विपन्नलाई राहत बाँड्दा म कसको के विगार गरे ? मलाई फसाउने षड्यन्त्र हुँदैछ । यो कुरा थाहा पाएपछि अत्यन्त दुःख लागेको छ ।’ राहत बाँडेको बेला केहि भनेन तर बाँडिसकेपछि अहिले मुद्दा लगाउन खोज्नु कतिको जायज हो ? उनको प्रश्न छ ।

‘दलित विपन्नलाई राहत बाँडेर म अन्याय गरेको छु भने सजाय भोग्न तयार छु’, उनले भने, ‘अहिले पनि राहत बाँड्ने कार्यलाई निरन्तरता दिएको छु । भोली पनि डोम समुदायलाई राहत बाँड्ने कार्यक्रम बनाएको छु ।’ आफु जनप्रनिधि भएर पनि राहत नबाड्ने र मैले बाँडेपछि आत्तिएर मेयर साहले मुद्दा लगाउने निर्णय गरेको उनको भनाई छ ।

दलित विपन्न आन्दोलित

गरिब दलितलाई राहत बाँड्नुलाई प्रशंसा गर्नुको साटो अदालतमा मुद्दा हालेर फसाउने निर्णयको विरोध भइरहेको छ । लहानका बुद्धिजिवी र दलित अगुवाहरु समेत सो निर्णयको विरोध गरेका हुन् ।
चौधरीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय खारेजको माग गर्दै दुई दिनअगाडी लहानका दलित विपन्नहरु जुलुस नै निकाले । जुलुसमा सयौं दलित विपन्न महिला र युवाहरु सहभागी थिए । उनीहरुले चौधरीमाथि मुद्दा लगाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडाध्यक्षहरु नै निर्णयबारे अनभिज्ञ

राहत बाँडेकै कारण चौधरीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय लहान नगरपालिकाको कार्यापालिका बैठकबाट भएको कुरा थाहा नभएको वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता रोषणले बताए । उनले भने, ‘निर्णयबारे मलाई केहि थाहा छैन । यद्दपी निर्णय गरेका थाहा पाएछु ।’

निर्णयमा आफुहरुको सहमती समेत नभएको उनले बताए । उनले बैठकको उपस्थितिमा हस्ताक्षर गराउँछ तर निर्णय भएपछि क्लोजमा हस्ताक्षर नै नगराएका उनको भनाई छ । उनले भने, ‘निर्णयको क्लोजमा कहिल्यै वडाध्यक्षहरुसँग हस्ताक्षर गराउँदैन । सो निर्णयको क्लोजमा पनि हस्ताक्षर गराएको छैन ।’

निर्णयबारे मेयर साह र खेमनन्द भुसाल केहि बोल्न मानेका छैन । निर्णय भदौं ८ मै गरेको भएपनि हालसम्म अदालतमा भने मुद्दा दायर गरिएको छैन ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ