क्षीरेश्वरनाथमा वडा च्याम्पियन पुरुष फुटबल प्रतियोगिता हुने


कुलदिप प्रेम, जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा वडा च्याम्पियन पुरुष फुटबल प्रयोगिता हुने भएको छ ।

स्थानीय श्री समता यूवा क्लवको आयोजनामा हुने प्रतियोगिताको समुद्घाटन कात्र्तिक २ गते हुने बताइएको छ । खेलकुद संयोजक मो. खुरसेद राइनका अनुसार नगरपालिकाका १० वटै वडाका टीम प्रतियोगितामा सहभागी हुनेछ ।

एक वडाको खेलाडी अर्को वडाबाट खेल्न नपाइने, खेल फिफाको नियम अनुसार खेलाइने, अनिवार्य रुपमा प्रत्येक खेलाडीको जर्सी, बुट साथै क्लव वा वडाको बाइनर हुनुपर्ने नियम बनाएको छ ।

यस्तै रेफ्रि डिसिजन लास्ट डिसिजन हुने र बढी बोल्न नपाइने नियम पनि बनाएको संयोजक राईनले बताए । उनले प्रतियोगितामा विजेतालाई कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ