सर्लाही सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि


सर्लाही : सर्लाहीको सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । कार्यालयका एक जना नायब सुब्बाको पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

ति कर्मचारीमा पाँच दिनदेखि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लक्षण देखिएपछि उनी केही दिनदेखि बिदामा घर बसेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कन्टयाक ट्रेसिङका आधारमा आज सबै कर्मचारीको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने बताए ।

कार्यालयमा अत्यधिक भिडभाड भइरहेका कारण उनमा कोरोना लागेको बताइएको छ । सिरहा सिडिओ अफिसका ८ कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय नै बन्द भएको छ ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ