धनुषा सिडिओ कार्यालयमा अब तालिका अनुसार सेवा, कुन गाउँको पालो कहिले ?


टुडेखोज, जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको चाप बढेपछि कुन दिन कुन स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भन्ने तालिका सार्वजनिक गरिएको छ ।

कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेपछि कुन दिन कुन स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउने भन्ने तालिका सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना जारी गरेर असोज २३ गते शुक्रवारदेखि तालिका अनुसार सेवा प्रवाह गर्ने जानकारी दिएका हुन् ।

तोकिएको दिन (बार) मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश गर्नुपर्ने तथा नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा कार्यालय परिसरमा प्रवेश गर्न सकिने सुचनामा उल्लेख छ ।

‘सेवा लिन आउनु अघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज÷प्रमाण साथमा लिई आउनु पर्नेछ’, सुचनामा भनिएका छ, ‘कागज÷प्रमाण नपुगेमा सेवा दिन सकिने छैन ।’

यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ ।

कार्यालयको भीडभाड र कोभिड १९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र पपिरमार्जन गर्दै लगिने बताइएको छ ।

संघ÷संस्था दर्ता र नविकरण आईतवारदेखि बुधवार सम्म मात्र र पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधन सम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने सुचनामा उल्लेख छ ।

हेर्नुस् कुन स्थानीय तहले कहिले सेवा पाउने ?

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ