अन्तराष्ट्रिय आई हेल्थ हिरो अवार्डबाट साह सम्मानित, मुख्यमन्त्रीले दिए बधाई


टुडेखोज, जनकपुरधाम : अन्तराष्ट्रिय स्तरको आई हेल्थ हिरो अवार्डबाट महोत्तरीका दृष्टि विशेषज्ञ दीपक कुमार साह सम्मानित भएका छन् ।

द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स अप ब्लाइन्डनेशले आँखा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन विद्यामा हरेक वर्ष अवार्ड प्रदान गर्छ । यस वर्ष महोत्तरी गाउँपालिका ६ गोरिगम्म घर भएका दृष्टि विशेषज्ञ साह चेन्जमेकर विद्यातर्फ उत्कृष्ट भएपछि सम्मानित भएका हुन् ।

अवार्ड पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई बधाई दिएका छन् । उनले हार्दिक बधाई सन्देश जारी गर्दै भनेका छन्, ‘उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु ।’

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ