प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्न सिटिइभिटीसंग माग


टुडेखोज, जनकपुरधाम : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत पुर्ण शुल्कीय तथा प्रमाण–पत्र तह र प्री डिप्लोमा तहमा प्रवेश परीक्षा मात्र लिएर विद्यार्थी भर्ना गर्न माग गरिएको छ ।

नेपाल विद्यार्थी संघ सिटीइभिटी प्रदेश २ का संयोजक इन्द्रजीत गोइतले विज्ञप्ती जारी गरेर यस्तो माग गरेको हो । प्रवेश परीक्षा नगरी एसइइमा प्राप्त ग्रेडको आधारमा भर्ना हुने कुराको निर्णयमा विज्ञप्तीमार्फत आपत्ति जनाएको छ ।

इसइईमा प्राप्त ग्रेगको आधारमा भर्ना लिने निर्णय सच्याउन समेत माग गरिएको छ । सो निर्णय नसच्याए हुने क्षतीको भागिदार स्वयम् सिटिइभिटी कार्यालय हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ