लहान आँखा अस्पतालको शाखा धनुषाधाममा पनि खुल्यो


टुडेखोज, जनकपुरधाम : बिश्व दृष्टि दिवसको अवसमा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल लहानले धनुषामा शाखा विस्तार गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिकामा आफ्नौ १३ औं शाखाको रुपमा आँखा तथा कान उपचार केन्द्र संचालनमा ल्याएको हो । धनुषाधाममा श्री सत्यनारायण भगवानको पूजा गरी सेवा संचालन गरेको छ ।

केन्द्र सञ्चालनमा आएको पहिलो दिन बिहीवार १ सय १३ जनाले आँखा तथा कानको निःशुल्क उपचार गराएका छन् । भविष्यमा यहाँबाट सबै खालको सेवा विशेषज्ञमार्फत प्रदान गरिने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ