यसरी थाहा पाउन सकिन्छ मौसमी रुघाखोकी र कोरोना


मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ । एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ । यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ । जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ।

मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन रु जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले यस्तो सुझाव दिन्छन् ः

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् ।

मौसमी रुघा खोकीका लक्षण :

– नाक बन्द हुने
– नाकबाट पानी आउने
– हाँच्छ्यु आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण :

– सुख्खा खोकी लाग्ने
– उच्च ज्वरो आउने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा र र गन्ध थाहा नहुने
– घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने
– निको हुन १० दिन लाग्न सक्ने
– खाना नरुच्ने
– अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले अलग भएर बस्ने र आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने डाक्टर पाण्डे बताउँछन् । उनले भने, ‘तापक्रम, अक्सिजन हेरिरहनुपर्छ । आवश्यक परे पीसीआर परीक्षण गर्नुपर्छ ।’

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ