विराटनगरमा २० वर्षीय बन्दीको कोरोना भाइरसले ज्यान लियो


टुडेखोज, विराटनगर : कोरोना भाइरसका कारण जिल्ला कारागार मोरङमा रहेका २० वर्षीय बन्दी युवकको ज्यान गएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा ति युवकको उपचारका क्रममा ज्यान गएको हो । बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान सवा १० बजे उनको ज्यान गएको कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

चिकित्सकका अनुसार युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ