नेपालमा १ लाख नाघ्यो कोरोना संक्रमित


टुडेखोज, जनकपुरधाम : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा शुक्रबार १६ सय ८० जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ