भारतबाट पटाका ल्याउन लागेका दुई जनालाई प्रहरीले समात्यो


टुडेखोज, सुनसरी : इटहरी उपमहानगरपालिका ५ स्थित खाद्य गोदाम नजिकबाट पटाकासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरका २७ वर्षीय समिर मिया र सोहीका १९ वर्षीय आलम मिया रहेका छन् ।

भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनी दुबै जनालाई पटाकासहित पक्राउ गरेको छ । प्रहरी उनी दुबै जनामाथि मुद्दा चलाउने बताएको छ ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ