सर्लाहीका सिडिओ पौडेललाई पनि कोरोनाले समात्यो, कस्तो छ अवस्था ?


टुडेखोज, जनकपुरधाम : सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई पनि कोरोनाले समातेको पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउँदा आफु संक्रमित रहेको पुष्टि भएको सिडिओ पौडेलले बताएका हुन् । उनको स्वाब संकलन असोज २२ मा भएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमित भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र लक्षण देखापरेमा कोरोना परीक्षण गराउन अनुरोध गरे ।

प्रदेश २ मा पहिलो पटक सिडिओमा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ