धनुषा : जनमत पार्टीको पहलमा क्यान्सर पीडित पाललाई आर्थिक सहयोग


टुडेखोज, जनकपुरधाम : धनुषाको सबैला नगरपालिका १ का क्यान्सर पीडित मनोज पालले आर्थिक सहयोग पाएका छन् । जनमत पार्टीको पहलमा उनले आर्थिक सहयोग पाएका हुन् ।

आर्थिक रुपमा कमजोर रहेका पीडित पाललाई उपचार गराउन समस्या भइरहेका कारण उनलाई गैरआवासीय मधेशी संघ साउदीले ३० हजार रुपैया सहयोग गरेको हो । संघले पठाएको रकम पीडित पाललाई शुक्रवार एक समारोहबीच जनमत पार्टीका सबैला १ तदर्थ समितिका अध्यक्ष राकेश राउतले हस्तान्तरण गरे ।

जनमत पार्टीका धनुषा अध्यक्ष दीपनारायण यादवको प्रमुख अतिथिमा रकम हस्तान्तरण गरिएको छ । उक्त समारोहमा बिद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष बिजय कुमार यादव, क्षेत्र नम्बर १ का संयोजक बालकृष्ण साह, नगर अध्यक्ष संजय प्रधान लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ