कोरोनाले २४ घण्टामा देशभर १४ को मृत्यु, मृतक संख्या ६१४ पुग्यो


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर २ महिलासहित १४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना, प्रदेश २ (सर्लाही) मा १ जना, बागमती प्रदेशमा २ महिलासहित ८ जना, गण्डी प्रदेशमा १ जना र लुम्बिनी प्रदेशमा १ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण देशभर ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ । मृत्युदर ० दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ