पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि समात्यो कोरोना भाइरस


टुडेखोज, जनकपुरधाम : पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना भाइरसले समातेको छ ।

शनिबार पीसीआर परीक्षण गराएका मन्त्री भट्टराईमा कोरोना पुष्टि भएको हो । गत सोमबार कोरोना परीक्षण गराउदा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्री भट्टराईले जानकारी दिएका छन् । हालसम्म ज्वरो बाहेक अरु स्वास्थ्य समस्या नभएको उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

केही दिनदेखि आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन र कोरोना परीक्षण गर्न मन्त्री भट्टराईले आग्रह पनि गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ