जसपा केन्द्रीय कार्यकारिणी बैठक कात्तिक पहिलो साता बस्ने


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आगामी कात्तिक पहिलो साता बस्ने भएको छ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गतेका लागि बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद्को अध्यक्ष चयन र परिषद् गठन, पार्टीको विधान संशोधन तथा नेतृत्वको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी समायोजनका लागि प्रदेश प्रतिनिधि समूह तोक्ने विषयमा पनि छलफल हुने बताइएको छ । तत्कालीन राजपा र समाजवादीबीच एकता भएर निर्माण भएको जसपाको ६ महिनासम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार २१:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ