चिकित्सक संघद्वारा अस्पताल बन्द गर्ने आन्दोलन स्थगित


काठमाडौं : नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड–१९ बाहेकका सेवा बन्द गर्ने आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

आमरण अनसनमा बसेका डा. गोबिन्द केसी र सरकारबीच मध्यरातमा ८ बुंदे सम्झौता भएपछि संघले अस्पताल बन्दको आन्दोलन फिर्ता लिएको हो । डा. केसीसँग सरकारले २७ औँ दिन सम्झौता गरेको छ ।

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले देशभरका अस्पतालका आक्समिक र कोभिड १९ बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

https://todaykhoj.com/todaykhoj-special/21330
प्रकाशित : २०७७ आश्विन २५, आईतवार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ