जुस पिएर अनशन तोडे डा. गोविन्द केसी, आइसियुमा भर्ना भए


टुडेखोज, जनकपुरधाम : सरकारले विभिन्न ८ बुंदे सम्झौता गरेपछि डा. गोविन्द केसी आज अनसन तोडेका छन् । विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले आज २८ औं दिन अनशन तोडेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी रहेका विकास कोरोना संक्रमणबाट मुक्त भएका हुन् । अनशन तोडे लगत्तै डा. केसी अस्पतालको आईसीयूमा भर्ना भएका छन् ।

चिकित्सा शिक्षा सुधार लगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि डा. केसी अनशन बसेका थिए । शिक्षासचिव गोपीनाथ मैनाली नेतृत्वको वार्ता टोली र डा. केसीबीच मध्यराति आठ बुँदे सहमति भएको थियो ।

हेर्नुस् सम्झौता पत्र

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ